site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट कोहलीले लिए सन्न्यास

काठमाडौं । भारतका ओपनर ब्याटर विराट कोहलीले ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका छन् ।

भारतले शनिबार आईसीसी ट्वान्टी–२० विश्वकपको उपाधि जितेपछि कोहलीले सन्न्यासको घोषणा गरेका हुन् ।

“यो मेरो अन्तिम ट्वान्टी–२० विश्वकप थियो र हामीले चाहेजस्तै कुरा हासिल गर्न सफल भएका छौँ,” जितपछि कोहलीले भने, “यो उत्कृष्ट खेल थियो । टिमलाई सबैभन्दा धेरै आवश्यक रहेको बेला आफ्नो कर्तव्य पूरा गर्न सकेकोमा निकै खुसी छु । भारतका लागि यो मेरो अन्तिम ट्वान्टी–२० खेल हो । अब नयाँ पुस्ताले जिम्मेवारी सम्हाल्ने समय हो ।”

शनिबार ब्रिजटाउनमा भएको फाइनलमा भारतले दक्षिण अफ्रिकालाई सात रनले हराउँदै १७ वर्षपछि विश्वकपको उपाधि जितेको हो । कोहलीले फाइनलमा दक्षिण अफ्रिकाविरुद्ध ७६ रन बनाएका थिए ।

भारतले यसअघि सन् २००७ मा भएको ट्वान्टी–२० विश्वकपको पहिलो संस्करणको उपाधि जितेको हो । सन् २०१४ मा भएको विश्वकपमा भारतले फाइनलसम्मको यात्रा तय गरे पनि श्रीलंकासँग पराजित भएको थियो ।

भारतबाट कोहलीले १२५ अन्तर्राष्ट्रिय ट्वान्टी–२० क्रिकेट खेलेका छन् । उनले यसक्रममा ४८.६९ को औषतमा चार हजार १८८ रन बनाएका छन् ।

 

प्रकाशित मिति: आइतबार, असार १६, २०८१  ०५:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro