site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
इंग्ल्यान्डविरुद्ध भारतीय कप्तान रोहितको अर्धशतक

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपअन्तर्गत दोस्रो सेमिफाइनलमा भारतका कप्तान रोहित शर्माले इंग्ल्यान्डविरुद्ध अर्धशतक बनाएका छन् ।

बिहीबार गुयनामा टस हारेर ब्याटिङमा आएको भारतबाट ओपनिङ ब्याटिङमा आएका रोहितले ३६ बलमा अर्धशतक बनाएका हुन् । उनले ३६ बलमा ६ चौका र दुई  छक्का प्रहार गरे । उनी ३९ बलमा ५७ रन बनाएर आउट भए ।

ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा रोहितको यो ३२औँ अर्धशतक हो । जारी विश्वकपमा भने उनको यो दोस्रो अर्धशतक हो ।

जारी खेलको १३ ओभर समाप्त हुँदा भारतले दुई विकेट गुमाएर ११० रन बनाएको छ । भारतले ओपनर विराट कोहलीलाई नौ र ऋषव पन्तलाई चार रनमा गुमाएको थियो ।

प्रतियोगितामा भारत सुपर–८ बाट समूह–१ को विजेता र इंग्ल्यान्ड समूह–२ को उपविजेताको रूपमा सेमिफाइनल आएका हुन् ।

आजको खेलमा जित निकाल्ने टिमले उपाधिका निम्ति दक्षिण अफ्रिकाविरुद्ध खेल्ने छ । यसअघि दक्षिण अफ्रिकाले पहिलो सेमिफाइनलमा अफगानिस्तानविरुद्ध नौ विकेटको जित निकाल्दै फाइनलमा स्थान बनाएको थियो  .
 

प्रकाशित मिति: बिहीबार, असार १३, २०८१  २३:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro