site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
जुडोकी मनिताले पेरिस ओलम्पिक खेल्ने, कुल संख्या सात पुग्यो

काठमाडौं । नेपालबाट जुडोकी मनिता श्रेष्ठ प्रधानले पेरिस ओलम्पिक–२०२४ खेल्ने भएकी छन् ।

मनिताले वाइल्ड कार्डमार्फत ओलम्पिक खेल्ने भएकी हुन् । मनिताले १२औँ दक्षिण एसियाली खेलकुद (साग) मा नेपालका निम्ति रजत पदक जितेकी थिइन् । ओलम्पिकमा मनिताले ५७ केजीमुनिमा प्रतिस्पर्धा गर्नेछिन् । 

मनिता पेरिस ओलम्पिक खेल्ने भएसँगै नेपालबाट हालसम्म कुल सात खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । नेपालबाट हालसम्म टेबलटेनिसका स्यान्टु श्रेष्ठ, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, ब्याडमिन्डनका प्रिन्स दाहाल, सुटिङकी सुस्मिता नेपालसँगै पौडीका एलेक्जेन्डर शाह र डुवाना लामाले पेरिस ओलम्पिक खेल्ने निश्चित भएको छ ।

यीमध्ये स्यान्टुले छनोट चरण पार गर्दा अन्यले वाइल्ड कार्डमार्फत पेरिस ओलम्पिक खेल्ने अवसर प्राप्त गरेका हुन् । यस्तै, पारालम्पिकतर्फ नेपालबाट पलेशा गोवर्धन र भरतसिंह महताले सहभागिता जनाउने निश्चित भएको छ ।

प्रकाशित मिति: बुधबार, असार १२, २०८१  २०:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro