site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
भारत र अस्ट्रेलियाबीचको खेल पुनः सुरु, रोहितले पूरा गरे अर्धसतक
फाइल तस्बिर ।

काठमाडौं । वर्षाका कारण रोकिएको आईसीसी ट्वान्टी–२० विश्वकपअन्तर्गत भारत र अस्ट्रेलियाबीचको खेल पुनः सुरु भएको छ ।

सोमबार टस हारेर ब्याटिङमा आएको भारतले ४.१ ओभरमा एक विकेट गुमाएर ४३ रन बनाउँदा पानी परेपछि खेल रोकिएको थियो । खेल रोकिएको केहीबेरमै पुनः सुरु भएको हो ।

भारतबाट हाल क्रिजमा रहेका कप्तान रोहित शर्मा ५० रनमा र ऋषव पन्त दुई रनमा खेलिरहेका छन् । त्यसअघि भारतले ओपनर विराट कोहलीलाई शून्यमा गुमाएको थियो ।

सेमिफाइनलमा पुग्न आज अस्ट्रेलिया जितको दबाबमा छ ।
 

प्रकाशित मिति: सोमबार, असार १०, २०८१  २०:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro