site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
कोपा अमेरिकामा साविक विजेता अर्जेन्टिनाको विजयी सुरुआत

काठमाडौं । क्यानडाविरुद्ध २–० को जित निकाल्दै साविक विजेता अर्जेन्टिनाले कोपा अमेरिका–२०२४ मा विजयी सुरुआत गरेको छ । शुक्रबार मर्सिडिज बेन्ज रंगशालामा अर्जेन्टिनालाई जित दिलाउन हुलियन आल्भारेज र लौटारो मार्टिनेजले गोल गरे ।

अर्जेन्टिनाले दुवै गोल दोस्रो हाफमा गरेको हो । खेलको ४९औँ मिनेटमा आल्भारेजले गोल गर्दै अर्जेन्टिनालाई अग्रतामा राखेका थिए । ८८औँ मिनेटमा मार्टिनेजले गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर बनाए । मार्टिनेज अल्भारेजकै स्थानमा मैदान प्रवेश गरेका थिए ।

जितसँगै तीन अंकसहित अर्जेन्टिना समूह ‘ए’को शीर्ष स्थानमा उक्लिएको छ । पराजित क्यानडा तालिकाको पुछारमा छ । यो समूहमा अर्जेन्टिना र क्यानडासँगै पेरु र चिली छन् ।

यो संस्करणमा कुल १६ टिमको सहभागिता छ । ती टिमलाई चार समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहबाट शीर्ष दुई टिम क्वार्टरफाइनलमा प्रवेश गर्नेछन् ।

प्रकाशित मिति: शुक्रबार, असार ७, २०८१  १०:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro