site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
लगातार दोस्रो जितसँगै जर्मनी प्रि–क्वार्टरनजिक

काठमाडौं । युरो–२०२४ मा लगातार दोस्रो जित निकाल्ने क्रममा घरेलु टोली जर्मनीले हंगरीलाई २–० ले पराजित गरेको छ । बुधबार राति भएको खेलमा जर्मनीलाई जित दिलाउन जमल मुसियाला र इल्काइ गुन्डोगानले गोल गरे ।

खेलको २७औँ मिनेटमा मुसियालाले गोल गरेपछि जर्मनीले पहिलो हाफमा १–० को अग्रता बनाएको थियो । ६७औँ मिनेटमा गुन्डोगानले गोल गर्दा जर्मनीले २–० को जित निश्चित गरेको हो ।

यो जितसँगै जर्मनी समूह ‘ए’को शीर्ष स्थानमा छ । लगातार दोस्रो हार व्यहोरेको हंगेरी तालिकाको पुछारमा छ । यो समूहमा जर्मनी र हंगेरीसँगै स्वीट्जरल्यान्ड र स्कटल्यान्ड छन् ।

प्रतियोगितामा बुधबार नै भएको समूह ‘ए’कै अर्को खेलमा स्कटल्यान्ड र स्वीट्जरल्यान्डले १–१ को बराबरी खेल्दै अंक बाँडे । समूहमा स्वीट्जरल्यान्ड चार अंकसहित दोस्रो स्थानमा छ । स्कटल्यान्ड एक अंकसहित तेस्रो स्थानमा छ ।

यस्तै, समूह ‘बी’को खेलमा क्रोएसिया र अल्बानियाले २–२ को बराबरी खेल्दै अंक बाँडे । दुई खेलसम्म जितविहीन क्रोएसिया एक अंकसहित तालिकाको पुछारमा छ । क्रोएसिया यसअघि पहिलो खेलमा स्पेनसँग पराजित भएको थियो । समान खेलबाट एक अंक नै जोडेको अल्बानिया तेस्रो स्थानमा छ ।

प्रकाशित मिति: बिहीबार, असार ६, २०८१  ०९:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro