site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
स्कटल्यान्डको पोस्टमा जर्मनीको पाँच गोल

काठमाडौं । युरो–२०२४ को पहिलो खेलमा स्कटल्यान्डविरुद्ध जर्मनीले ५–१ को फराकिलो जित निकालेको छ ।

शुक्रबार एलियन्ज एरिनामा भएको खेलमा जर्मनीलाई जित दिलाउन फ्लोरियन विर्ट्ज, जमल मुसियाला, काई हाभार्ट्ज, निकोलस फुलक्रुग र एमरे क्यानले गोल गरे । स्कटल्यान्डले जर्मनीकै एन्टोनियो रुडिगरबाट आत्मघाति गोल उपहार पाएको थियो ।

खेलको १०औँ मिनेटमा विर्ट्जले गोल गर्दै जर्मनीलाई अग्रतामा राखेका थिए । १९औँ मिनेटमा मुसियालाले घरेलु टिमको अग्रता दोब्बर बनाए । 

४४औँ मिनेटमा र्यान पोर्टेयसले रातो कार्डको दर्शन गरेपछि स्कटल्यान्ड १० खेलाडीमा समेटिएको थियो । 

पहिलो हाफको इन्जुरी समयमा हाभार्ट्जले पेनाल्टीमार्फत गोल गर्दै जर्मनीलाई ३–० को अग्रतामा राखेका थिए ।

६८औँ मिनेटमा फुलक्रुगले गोल गर्दै जर्मनीलाई ४–० को अग्रतामा पुर्याए । ८७औँ मिनेटमा जर्मनीका रुडिगरबाट स्कटल्यान्डले आत्मघाति गोल पाएको थियो ।

खेलको इन्जुरी समयमा क्यानले गोल गरेपछि जर्मनीले ५–१ को जित पक्का गरेको हो ।

जितसँगै जर्मनीले समूह ‘ए’ मा तीन अंक जोडेको छ । हारबाट प्रतियोगिताको सुरुआत गरेको स्टकल्यान्ड तालिकाको पुछारमा छ । यो समूहमा जर्मनी र स्कटल्यान्डसँगै हंगेरी र स्वीट्जरल्यान्ड छन् ।

प्रकाशित मिति: शनिबार, असार १, २०८१  ०५:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro