site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
अनुज र सरितालाई स्वर्ण

काठमाडौं । मधेश प्रदेशका अनुजकुमार साह र कर्णाली प्रदेशकी सरिता शाहीले यू–१५ विद्यालय खेलकुदको एथलेटिक्समा बुधबार स्वर्ण जितेका छन् । लङजम्पको छात्रतर्फ अनुज र छात्रातर्फ सरिताले स्वर्ण जितेका हुन् ।

पोखरा रंगशालामा अनुजले ६.११ मिटर जम्प गरे । सुदूरपश्चिम प्रदेशका वरुणदत्त रानाले रजत तथा लुम्बिनी प्रदेशका श्लोक हरिजनले कास्य जिते । सरिताले ४.६१ मिटर जम्प गरिन् । कोसी प्रदेशकी निकीता एक्तेल लिम्बू दोस्राे तथा गण्डकी प्रदेशकी सुजना कुमाल तेस्राे भए ।

राष्ट्रिय खेलकुद परिषद् तथा प्रदेश खेलकुद परिषद्, गण्डकीद्वारा संयुक्त आयोजित प्रतियोगिताको छात्र ४०० मिटर दौडमा सुदूरपश्चिमका वरुणदत्त राना पहिलो भए । उनले निर्धारित दूरी ५८.६२ सेकेन्डमा पूरा गरे । मधेसका दिपेश साह दोस्राे तथा लुम्बिनीका सुशान्त थारू तेस्राे भए । सो स्पर्धाको छात्रामा कर्णालीकी कृष्णा रानाले स्वर्ण चुमिन् । कृष्णाले निर्धारित दूरी तय गर्न १ मिनेट ०४.२९ सेकेन्ड समय खर्चिन् । वाग्मती प्रदेशकी भगवती खड्काले रजत तथा लुम्बिनीकी कमला वलीले कास्य हात पारे ।

छात्र १००  मिटर दौडमा लुम्बिनीका शुभन बमरेल पहिलो भए । आफ्ना प्रतिद्वन्द्वीलाई उछिन्ने क्रममा शुभनले ११.४६ सेकेन्ड समय निकाले । मधेसका अर्जुन शाह दोस्राे तथा कोसीका राजन वान्तवा राई तेस्राे स्थानमा रहे । उक्त स्पर्धाको छात्रामा गण्डकीकी एन्जल अधिकारी शीर्ष स्थानमा रहिन् । एन्जल निर्धारित दूरी १३.५६ सेकेन्डमा पूरा गरिन् । लुम्बिनीकी आरुषी भट्टराईले रजत तथा वाग्मतीकी मुस्कान चौधरीले कांस्य जिते ।

एथलेटिक्सको पहिलो दिन ६ स्वर्णको टुंगो लाग्दा पाँच प्रदेशले स्वर्ण जितेका छन् । कर्णालीले दुई तथा मधेश, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमले समान एक स्वर्ण जितेका छन् । जम्मा १४ स्पर्धा समावेश एथलेटिक्सको बाँकी आठ स्पर्धाको फाइनल प्रतियोगिताको अन्तिम दिन बिहीबार हुनेछ । सातै प्रदेशबाट ७६ खेलाडी सहभागी छन् ।

प्रकाशित मिति: बुधबार, जेठ ३०, २०८१  १६:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro