site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
आमिरले एकै ओभरमा दुई विकेट लिँदा दबाबमा भारत

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपमा भारतविरुद्ध पाकिस्तानका मोहम्मद आमिरले दुई बलमा दुई विकेट लिएका छन् ।

आइतबार न्यूयोर्कमा जारी खेलमा टस हारेर ब्याटिङमा आएको भारतले १४.१ र १४.२ ओभरमा लगातार विकेट गुमाएको हो । आमिरले ४२ रनमा खेलिरहेका ऋषब पन्तलाई कप्तान बाबर आजमबाट र त्यसपछि ब्याटिङमा आएका रविन्द्र जडेजालाई गोल्डेन डक बनाए ।

जारी खेलको १५ ओभर समाप्त हुँदा भारतले सात विकेट गुमाएर ९७ रन बनाएको छ । 

प्रतियोगिताको समूह ‘ए’ मा रहेका दुवै टिमको यो दोस्रो खेल हो । यसअघि पहिलो खेलमा सह–आयोजक अमेरिकाविरुद्ध सुपर ओभरमा अप्रत्याशित हार बेहोरेको पाकिस्तान आज पहिलो जितको खोजीमा छ । पहिलो खेलमा आयरल्यान्डविरुद्ध आठ विकेटको सहज जित निकालेको भारत भने लगातार दोस्रो जितको लक्ष्यमा छ ।

भारत दुई अंकसहित तालिकाको दोस्रो र अंकविहीन पाकिस्तान तालिकाको चौथो स्थानमा छ । पहिलो खेलमा हार बेहोरेका कारण प्रतियोगिताको सुपर–८ पुग्ने सम्भावना बलियो बनाउन पाकिस्तान आज जितको दबाबमा छ ।
 

प्रकाशित मिति: आइतबार, जेठ २७, २०८१  २३:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro