site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
जितसँगै महावीरको रेलिगेसन सम्भावना टर्‍यो 

काठमाडौं । सहिद स्मारक ‘सी’ डिभिजन लिगको १२औँ खेलमा झम्सिखेल युथ क्लबविरुद्ध ३–१ को जित निकालेसँगै महावीर क्लबले रेलिगेसन सम्भावना टारेको छ । 

बिहीबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा भएको खेलमा महावीरलाई जित दिलाउन निरबहादुर थापा, अनिश शर्मा र दीपक बसन श्रेष्ठले गोल गरे । झम्सिखेलका ओम धामीले एक गोल फर्काएका थिए । 

खेलको १४औँ मिनेटमा निरको गोलमा महावीरले अग्रता बनाएको थियो । ३९औँ मिनेटमा अनिशले गोल गर्दै महावीरको अग्रता दोब्बर बनाए । यस्तै, ४४औँ मिनेटमा दीपकले गोल गरेपछि महावीरले पहिलो हाफमै ३–० को अग्रता बनाएको थियो ।

झम्सिखेलबाट ओमले ८५औँ मिनेटमा सान्त्वना गोल फर्काएका थिए । जितसँगै १२ खेलबाट १३ अंक जोडेको महावीर तालिकाको १०औँ स्थानमा उक्लिएको छ । महावीरले अब लिगको अन्तिम खेल बाँकी रहँदा रेलिगेसन क्षेत्रमा रहेका रानीवन र गोलबजारसँग क्रमशः पाँच अंक र चार अंकको अग्रत बनाएको हो । 

तालिकाको १३औँ स्थानमा रहेको रानीवनको खातामा आठ र पुछारमा रहेको गोलबजारको खातामा सात अंक छ । १२ खेलबाट १६ अंक जोडेको झम्सिखेल तालिकाको सातौँ स्थानमा यथावत् छ ।

प्रकाशित मिति: बिहीबार, जेठ २४, २०८१  १७:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro