site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
विश्वकपमा युगान्डाको पहिलो जित 

काठमाडौं । आईसीसी ट्वान्टी २० विश्वकपमा युगान्डाले पपुवा न्युगिनी (पीएनजी)विरुद्ध तीन विकेटको जित निकालेको छ ।

बिहीबार बिहान भएको खेलमा पीएनजीले प्रस्तुत गरेको ७८ रनको लक्ष्य युगान्डाले १८.२ ओभरमा सात विकेट गुमाएर भेट्टायो । विश्वकपको इतिहासमै युगान्डाको यो पहिलो जित हो ।

युगान्डाको जितमा रियाजत अली साहले सर्वाधिक ३३ रन बनाए । जुमा मियागीले १३ रन थपे । २५–५ को नाजुक अवस्थाबाट रियाजत र मियागीले छैटौँ विकेटका लागि ३५ रनको साझेदारी गर्दै युगान्डालाई जितनजिक पुर्‍याएका थिए ।

पीएनजीका अलेइ नाओ र नोर्मन भानुआले समान तीन विकेट लिए । चाड सोपेर र असद भालाले समान एक विकेट लिए ।

त्यसअघि, टस हारेर ब्याटिङमा उत्रिएको पीएनजीले १९.१ ओभरमा सबै विकेट गुमाएर ७७ रन बनाएको थियो ।

पीएनजीका हिरी हिरीले सर्वाधिक १५ रन बनाए । लेगा सियका र किप्लिन डोरिगाले समान १२ रन थप्दा अरू ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

युगान्डाका अल्पेस रामजानी, कोस्मोस क्युवुटा, जुमा मियागी र फ्रांक एनसुबुगाले समान दुई विकेट लिए । ब्रियन मासाबाको नाममा एक विकेट रह्यो ।

जितसँगै दुई खेलबाट दुई अंक जोडेको युगान्डा समूह ‘सी’को तेस्रो स्थानमा उक्लिएको छ । युगान्डा पहिलो खेलमा अफगानिस्तानविरुद्ध १२५ रनले पराजित भएको थियो । पीएनजीको भने यो लगातार दोस्रो हार हो । पीएनजी पहिलो खेलमा वेस्ट इन्डिजसँग पाँच विकेटले पराजित भएको थियो ।
 

प्रकाशित मिति: बिहीबार, जेठ २४, २०८१  ०९:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro