site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
नेपालविरुद्ध नेदरल्यान्ड्स : ‘प्लेयर्स टू वाच’ 

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपमा आज नेपाली राष्ट्रिय क्रिकेट टिमले नेदरल्यान्ड्सविरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्दै छ । 

अमेरिका र वेस्ट इन्डिजमा जुन २ देखि सुरु भएको प्रतियोगितामा नेपाल समूह ‘डी’ मा छ । यो समूहमा नेपालसँगै नेदरल्यान्ड्स, श्रीलंका, दक्षिण अफ्रिका र बंगलादेश छन् । 

दोस्रोपटक विश्वकपको मञ्चमा उक्लिएको नेपालले १० वर्षपछि ट्वान्टी–२० विश्वकपमा प्रतिस्पर्धा गर्न लागेको हो । नेपालले यसअघि पहिलोपटक सन् २०१४ मा ट्वान्टी–२० विश्वकप खेलेको थियो । 

नेपाल हाल आईसीसी ट्वान्टी–२० वरीयताको १७औँ स्थानमा छ । वरीयतामा नेपालको १७१ रेटिङ प्वाइन्ट छ । यता नेदरल्यान्ड्स भने वरीयताको १५औँ स्थानमा छ । वरीयतामा नेदरल्यान्ड्सको १८४ रेटिङ प्वाइन्ट छ । 

आजको खेलका ‘प्लेयर्स टू वाच’ 
रोहितकुमार पौडेल :
नेपाली टिमका कप्तान रोहित जारी विश्वकपमा कप्तानी सम्हाल्ने २० टोलीमध्येका सबैभन्दा कान्छा क्रिकेटरसमेत हुन् । पछिल्लो समय आफ्नो लयमा देखिएका रोहितले घरेलु मैदानमा वेस्ट इन्डिज ‘ए’ सँग पाँच खेलको ट्वान्टी–२० शृंखलामा एक शतक र दुई अर्धशतकसहित २६५ रन बनाएका थिए । नेपाली टिमबाट हालसम्म रोहितले ४९ ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् । तीमध्ये ४७ इनिङ्स खेलेका रोहितले ६ अर्धशतकसहित एक हजार १०८ रन बनाएका छन् । 

म्याक्स ओ‘डोड : 
नेदरल्यान्ड्सका ओपनिङ ब्याटर म्याक्स ओ‘डोड स्वतन्त्र ब्याटिङ गर्न रुचाउँछन् । डच टिमबाट हालसम्म ६६ खेलमध्ये ६४ इनिङ्स खेलेको ओ‘डोडले एक शतक र १२ अर्धशतकसहित एक हजार ७७४ रन बनाएका छन् । उनले ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सन् २०१५ मा नेपालसँगको खेलबाटै डच टिमबाट ‘डेब्यु’ गरेका थिए ।

प्रकाशित मिति: मंगलबार, जेठ २२, २०८१  १३:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro