site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
एमबाप्पे र रियाल मड्रिडबीच पाँच वर्षको सम्झौता 

काठमाडौं । फ्रान्सका फरवार्ड किलियन एमबाप्पे स्पेनिस क्लब रियाल मड्रिडमा अनुबन्धित भएका छन् ।

रियालले सोमबार राति सामाजिक सञ्जालमार्फतमा एमबाप्पेलाई क्लबले अनुबन्ध गरेको जनाएको हो । रियालले एमबाप्पेसँग पाँच वर्षका लागि सम्झौता गरेको उल्लेख गरेको छ । 

२३ वर्षीय एमबाप्पे ६ वर्ष फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) मा अनुबन्धित थिए । यस सिजनको अन्त्यसँगै सम्झौता समाप्त भएपछि उनले पीएसजीको सम्झौता नवीकरण नगरी टुंग्याएका हुन् । 

उनले पीएसजीबाट १७८ खेल खेल्दा १६२ गोल गरेका छन् । त्यसअघि उनले सन् २०१५ देखि २०१८ सम्म मोनाकोबाट व्यावसायिक फुटबल खेलेका थिए ।

प्रकाशित मिति: सोमबार, जेठ २१, २०८१  २३:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro