site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
सुपर ओभरमा ओमानलाई निराश बनाउँदै नामिबियाको सुखद सुरुआत

काठमाडौं । ओमानविरुद्ध सुपर ओभरमा ११ रनको जित निकाल्दै नामिबियाले आईसीसी ट्वान्टी–२० विश्वकपमा विजयी सुरुआत गरेको छ ।

सोमबार ब्रिजटाउनमा ओमानले प्रस्तुत गरेको ११० रनको लक्ष्य पछ्याउने क्रममा नामिबियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १०९ रन नै बनाएपछि खेल ‘टाई’ भएको थियो ।

सुपर ओभरमा पहिले ब्याटिङ गरेको नामिबियाले २१ रन बनाएपछि ओमानले जितका निम्ति २२ रनको लक्ष्य पाएको थियो । तर, ओमानले सुपर ओभरमा १० रन मात्र बनाएपछि नामिबिया ११ रनले विजयी भएको हो ।

त्यसअघि, निर्धारित २० ओभरको खेलमा नामिबियालाई जितका निम्ति अन्तिम ओभरमा पाँच रन मात्र आवश्यक थियो । तर, ओमानबाट अन्तिम ओभर बलिङका लागि आएका जान मेहरन खानले चार रन मात्र खर्चिएर दुई विकेट लिएपछि खेल टाई भएको थियो ।

नामिबियाका जान फ्राइलिंकले ४५ रन बनाए । निकालास ड्याभिनले २४ र कप्तान गेर्हार्ड इरास्मसले १३ रन थपे ।

ओमानका मेहरन खानले तीन विकेट लिए । तीन ओभर बलिङ गरेका उनले एक मेडन राख्दै सात रन मात्र खर्चिए । बिलाल खान, अकिब इल्यास र आयान खानले समान एक विकेट हात पारे ।

त्यसअघि, टस हारेर ब्याटिङमा उत्रिएको ओमानले १९.४ ओभरमा सबै विकेट गुमाएर १०९ रन बनाएको थियो ।

ओमानका खादिल कैलले ३४ रनको योगदान गरे । जिसान मक्सुदले २२ रन थप्दा आयान खानले १५ र साकिल अहमेदले ११ रन जोडे । ओमानका कश्यप प्रजापति र कप्तान अकिब इल्यास ‘गोल्डेन डक’ भएका थिए ।

ओमानलाई सस्तैमा समेट्न नामिबियाका रुबेन ट्रम्पेलमेनले चार विकेट लिए । डेविड वाइजेले तीन, गेहार्ड इरास्मसले दुई र बेर्नार्ड स्कल्जले एक विकेट हात पारे । 

ओमान र नमिबिया प्रतियोगिताको समूह ‘बी’मा छन् । यो समूहमा यी दुई टिमसँगै अस्ट्रेलिया, इंग्ल्यान्ड र स्कटल्यान्ड छन् ।

प्रकाशित मिति: सोमबार, जेठ २१, २०८१  १०:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro