site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
नेपाल गल्फ संघ र टीएसजी एकेडेमीबीच सम्झौता

काठमाडौं । नेपाल गल्फ संघ र तरूण सरदेशाई गल्फ (टीएसजी) एकेडेमीबीच राष्ट्रिय गल्फ खेलाडीको विशेष प्रशिक्षणको लागि सम्झौता भएको छ । नेपाल गल्फ संघका अध्यक्ष टासी घले र टीएसजी एकेडेमीका संस्थापक तथा निर्देशक तरूण सरदेशाईले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

सम्झौताअनुसार नेपाल गल्फ संघले बैंगलोरमा रहेको टीएसजी एकेडेमीमा राष्ट्रिय पुरुष, महिला र जुनियर खेलाडीहरूलाई पठाउनेछ । एकेडेमीले विशेष सहुलियतमा नेपाली खेलाडीहरूलाई प्रशिक्षण दिनेछ ।

नेपाल गल्फ संघका अध्यक्ष टासी घलेले सन् २०२६ मा हुने २०औँ एसियन गेम्सको तयारीलाई मध्यनजर गर्दै एकेडेमीसँग सम्झौता गरेको बताए । गत संस्करण चीनको ह्वाङझाउमा भएको एसियन गेम्समा नेपाली राष्ट्रिय गल्फ टिमको प्रशिक्षणको जिम्मेवारी तरूण सरदेशाईलाई दिइएको थियो । सो एसियन गेम्सको तयारी पनि यही एकेडेमीमा गरिएको थियो ।

पछिल्लो समय नेपाली गल्फरहरू सुवास तामाङ र सद्‌भाव आचार्यले लामो समय यही एकेडेमीमा प्रशिक्षण लिएका थिए । प्रोफेसनल गल्फ टुर अफ इन्डिया पीजीटीआईमा सहभागी भइरहेका सुवास अहिले पनि यही एकेडेमीमा प्रशिक्षण गरिरहेका छन् ।

प्रकाशित मिति: आइतबार, जेठ २०, २०८१  ०९:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro