site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
प्रधानमन्त्री कप एनभीए लिगको तालिका सार्वजनिक 

काठमाडौं । नेपाल भलिबल संघको आयोजनामा हुने पीएम कप एनभीए महिला–पुरुष भलिबल लिगको खेल तालिका सार्वजनिक भएको छ । 

नेपाल भलिबल संघले बुधबार लिगको खेल तालिका सार्वजनिक गरेको हो । जेठ १९ गतेदेखि सुरु हुने प्रतियोगिताको पहिलो दिन पुरुषतर्फ हेल्प नेपाल स्पोर्ट्स क्लब र बूढानिलकण्ठ भलिबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । 

खेल बिहान ९ बजेदेखि सुरु हुनेछ । यस्तै, महिलातर्फ सोही दिन सशस्त्र प्रहरी बलको एपीएफ क्लब र न्यु डायमन्ड भलिबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता जेठ २६ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको पुरुषतर्फ आठ र महिलातर्फ ६ टिमको सहभागिता छ । 

सिंगल राउन्ड रोविन पद्दतिमा सञ्चालन हुने प्रतियोगिताको शीर्ष दुई टिम उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । यस्तै, तेस्रो र चौथो हुने टिम तेस्रो र चौथो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् ।
talika-1716982191.png
 

प्रकाशित मिति: बुधबार, जेठ १६, २०८१  १७:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro