site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
खेलकुद पूर्वाधार निर्माणमा बजेटको ७२.७३ प्रतिशत रकम ‘फ्रिज’

काठमाडौं । आर्थिक वर्ष २०७९/८० मा युवा तथा खेलकुद मन्त्रालयले खेलकुद पूर्वाधार निर्माणमा जम्मा २७ प्रतिशत मात्र बजेट खर्च गरेको पाइएको छ ।

महालेखापरीक्षकको कार्यालयले आइतबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षण प्रतिवेदनानुसार, खेलकुद पूर्वाधार निर्माणका निम्ति छुट्ट्याइएको बजेटमध्ये २७.२७ प्रतिशत खर्च हुँदा ७२.७३ प्रतिशत ‘फ्रिज’ भएको हो ।

सरकारले आर्थिक वर्ष २०७९/८० मा खेलकुद पूर्वाधार निर्माणमा कुल ८६ करोड ९५ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । त्यसमा २२ कभर्ड हल र रंगशाला समेत निर्माण गरिने उल्लेख रहे पनि कुल बजेटको २३ करोड ७१ रुपैयाँ मात्र खर्च भएको देखिएको छ ।

प्रकाशित मिति: आइतबार, जेठ १३, २०८१  १८:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro