site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
मनोहरालाई हराउँदै आरसी–३२ शीर्ष स्थानमा 

काठमाडौं । मनोहरा युनाइटेड युथ क्लबविरुद्ध २–१ को जित निकाल्दै आरसी–३२ फुटबल एकेडेमी सहिद स्मारक ‘सी’ डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । 

शुक्रबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न खेलमा आरसी–३२ लाई जित दिलाउन आशिष लावती र किस्मत लिम्बूले गोल गरे । मनोहराका उत्तम शाहीले एक गोल फर्काए पनि टिमको हार टार्न भने सकेनन् । 

खेलको २०औँ मिनेटमा आशिषले गोल गरेपछि आरसी–३२ ले पहिलो हाफमा १–० को अग्रता बनाएको थियो । ६७औँ मिनेटमा किस्मतको गोलमा आरसी–३२ ले अग्रता दोब्बर बनायो । खेलको इन्जुरी समयमा मनोहराका उत्तमले गोल फर्काए पनि टिमको हार टार्न भने सकेनन् ।

जितसँगै १० खेलबाट २२ अंक जोडेको आरसी–३२ तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । जारी प्रतियोगितामा आरसीको यो सातौँ जित हो । समान खेलबाट १४ अंक जोडेको मनोहरा भने तालिकाको पाँचौँ स्थानमा छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०८१  १७:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro