site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
‘सी’ डिभिजन लिग : शीर्ष स्थानमा उक्लियो आरसी–३२ 

काठमाडौं । रेलिगेसन क्षेत्रमा संघर्षरत गोलबजार स्पोर्ट्स क्लबविरुद्ध २–१ को जित निकाल्दै आरसी–३२ स्पोर्ट्स एकेडेमी सहिद स्मारक ‘सी’ डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

आइतबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा आरसी–३२ लाई जित दिलाउन सुजन मगर र आशीष लावतीले गोल गरे । गोलबजारका नरेश राईले एक गोल फर्काएका थिए ।

खेलको ३७औँ मिनेटमा सुजनले गोल गरेपछि आरसीले पहिलो हाफमा १–० को अग्रता बनाएको थियो । तर, ६४औँ मिनेटमा नरेशले गोल गर्दै गोलबजारलाई खेलमा फर्काएका थिए । इन्ज्युरी समयमा आशीषले निर्णायक गोल गरेपछि आरसी–३२ ले तीन अंक निश्चित गरेको हो ।

जितसँगै शीर्ष स्थानमा उक्लिएको आरसीले नौ खेलबाट १९ अंक जोडेको छ । आरसी–३२ भन्दा पछाडि रहेको वाग्मतीको आठ खेलबाट १७ अंक छ । तालिकाको पुछारमा रहेको गोलबजारले भने नौ खेल खेल्दा पाँच अंक मात्र जोडेको छ ।

प्रकाशित मिति: आइतबार, जेठ ६, २०८१  १५:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro