site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
हाल्यान्ड चम्किँदा टोटनहमलाई हराउँदै सिटी शीर्ष स्थानमा

काठमाडौं । एर्लिङ हाल्यान्डको दुई गोलप्रेरित म्यानचेस्टर सिटीले टोटनहमविरुद्ध २–० को जित निकाल्दै इंग्लिस प्रिमियर लिगको शीर्ष स्थान कब्जा गरेको छ ।

मंगलबार राति टोटनहम हटस्पर रंगशालामा पाहुना टिमलाई जित दिलाउन दुवै गोल हाल्यान्डले गरे । खेलको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त भए पनि ५१औँ मिनेटमा हाल्यान्डले गोल गर्दै सिटीलाई अग्रतामा राखेका थिए । यस्तै, इन्जुरी समयमा प्राप्त पेनाल्टीलाई हाल्यान्डले नै सदुपयोग गरेपछि सिटीले २–० को जित पक्का गरेको हो ।

जितसँगै ३७ खेलबाट ८८ अंक जोडेको सिटी तालिकाको शीर्ष स्थानम छ । सिजनको अन्तिम एक खेलमात्र बाँकी रहँदा सिटीलाई पछ्याइरहेको आर्सनल दुई अंकले पछि छ ।

यता, समान खेलबाट ६३ अंक जोडेको टोटनहम तालिकाको पाँचौँ स्थानमा छ । लिगको शीर्ष चारबाट बाहिरिएको टोटनहमले सोझै च्याम्पियन्स लिग खेल्न नपाउने भएको छ । लिगमा अन्तिम खेलमात्र बाँकी रहँदा टोटनहम चौथो स्थानको एस्टोन भिल्लाभन्दा पाँच अंकले पछि छ ।

प्रकाशित मिति: बुधबार, जेठ २, २०८१  ०९:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro