site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
पेरिस ओलम्पिकका लागि दक्षिण एसियाली टेबलटेनिस छनोट भोलिदेखि

काठमाडौं । पेरिस ओलम्पिकका लागि दक्षिण एसियाली टेबलटेनिसको अन्तिम छनोट प्रतियोगिता सोमबारदेखि नेपालमा हुँदै छ । मोहनदास बासुकलाको प्रशिक्षकत्वमा नेपालका चार खेलाडी संयोग कपाली, श्यान्टु श्रेष्ठ, नविता श्रेष्ठ र इभाना थापाले पेरिस ओलम्पिकका चयन हुन प्रतिस्पर्धा गर्दै छन् ।

टेबलटनिस इतिहासमै पहिलोपटक नेपालमा हुन लागेको यो ओलम्पिकको छनोट राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्र, लैनचौर कभर्ड हलमा जेठ २ गतेसम्म हुनेछ । ओलम्पिकको ३३औँ संस्करणका लागि दक्षिण एसियाबाट टेबलटेनिसको अन्तिम छनोट नेपालमा हुन लागेको हो ।

नेपाललगायत बंगलादेश, माल्दिभ्स, पाकिस्तान र श्रीलङकाको सहभागिता रहनेछ । यस प्रतियोगितामा भारतको उपस्थिति भने छैन । विश्व च्याम्पियन्सीपमा वरीयतामा परेपछि भारत सिधै ओलम्पिकमा खेल्न योग्य भइसकेको छ ।

यस प्रतियोगिताबाट एक पुरुष र एक महिला खेलाडीले सिधै ओलम्पिकको टिकट काट्नेछन् । अहिलेसम्म नेपालका लागि तेक्वान्दो खोलडी सङ्गिना वैद्य र दिपक विष्टले मात्र छनोट चरण पार गरेर ओलम्पिक खेलेको विगत छ ।

प्रतियोगताका लागि एसियन टेबलटेनिस युनियनले लेबनानका फाडी कसिसलाई कम्पिटिसन मेनेजर, भारतका गणेशन नीलकण्ठ एयरलाई रेफ्री र नेपाला तेजेन्द्रसिंह महरालाई टुर्नामेन्ट डाइरक्टर नियुक्त गरेको छ ।

एसियन टेबलटेनिस युनियनका रिजनल उपाध्यक्ष तथा साउथ एसियन टेबलटेनिस फेडरेसन्सका महासचिव शंकर गौतमले दक्षिण कोरियामा एसियन टेबलटेनिस युनियनसँगको कयौँ बैठकपछि यो प्रतियोगिता नेपाल ल्याउन सफल भएको बताए । उनले यस प्रतियोगिताका लागि एसियन टेबलटेनिस युनियनले २५०० अमेरिकी डलर सहयोग गरेको जानकारी पनि दिए ।

यसबीच ओलम्पिकमा चयन हुने नेपाली टेबलटेनिस खेलाडीलाई प्रायोजकमध्ये एक समाजसेवी सुमन खड्गीले जनही एक लाख र रेड टाइल्सका प्रोप्राइटर सुरज केसीले ५० हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरेका छन् ।

प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०८१  २१:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro