site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
कर्णाली हाफ म्याराथन : रावत र भण्डारी विजेता

काठमाडौं । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा भएको ‘प्रथम ज्ञान कर्णाली हाफ म्याराथन’को उपाधि पुरुषतर्फ नरेन्द्रसिंह रावत र महिलातर्फ पुष्पा भण्डारीले जितेका छन् ।

रावतले एक घण्टा ११ मिनेट २५ सेकेन्ड र भण्डारीले एक घण्टा २८ मिनेट १७ सेकेन्डमा २१ किलोमिटर दूरी पूरा गरेका हुन् । पुरुषतर्फ दोस्रो भएका रामजी बस्नेतले एक घण्टा ११ मिनेट ४८ सेकेन्ड र तेस्रो भएका श्रीकेश राईले एक घण्टा १३ मिनेट २३ सेकेन्डमा उक्त दूरी पूरा गरेका थिए ।

महिलातर्फ दोस्रो भएकी सिर्जना पाण्डेले एक घण्टा ३२ मिनेट ४३ सेकेन्ड र तेस्रो भएकी राज्यलक्ष्मी रावलले एक घण्टा ४० मिनेट ३६ सेकेन्डमा उक्त दूरी पूरा गरेका थिए ।

प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो भएका पुरुष र महिला धावकहरूलाई क्रमशः ५५, ३० र २० हजार रुपैयाँ पुरस्कार तथा प्रमाणपत्र प्रदान गरियो । विजयी पुरुष र महिला खेलाडीलाई कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले पुरस्कारसहित ट्रफी प्रदान गरे । हिमालयन टेली भ्वाइस

प्रकाशित मिति: शनिबार, वैशाख २९, २०८१  १५:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro