site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
पीएसजीविरुद्ध पहिलो लेगमा डर्टमन्डलाई झिनो अग्रता 

काठमाडौं । निकलास फुलक्रुगको निर्णायक गोलप्रेरित बोरुसिया डर्टमन्डले यूईएफए च्याम्पियन्स लिगको पहिलो लेगमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) विरुद्ध १–० को जित निकालेको छ । 

बुधबार राति घरेलु मैदान सिंगन इडुना पार्कमा डर्टमन्डलाई जित दिलाउन ३६औँ मिनेटमा फुलक्रुगले गोल गरे । ८१ हजार ३६५ समर्थकमाझ फुलक्रुगले निको स्लोटरबेकको पासलाई जालीको दिशा दिएका हुन् । 

यी दुई टिमबीचको दोस्रो लेग अब मे ८ मा पीएसजीको मैदान पार्क डे प्रिन्सेसमा हुनेछ । यो खेलमा जित निकाल्ने टिमले च्याम्पियन्स लिगको उपाधिका निम्ति रियाल मड्रिड र बायर्न म्युनिखबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । 

च्याम्पियन्स लिगको सेमिफाइनल प्रवेश गर्ने क्रममा पीएसजीले स्पेनिस क्लब बार्सिलोनालाई समग्रमा ६–४ र डर्टमन्डले एट्लेटिको मड्रिडलाई ५–४ ले पराजित गरेका थिए । 

प्रकाशित मिति: बिहीबार, वैशाख २०, २०८१  ०८:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro