site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
विश्वकप खेल्न खेलाडी तयारी अवस्थामा छन् : कप्तान पौडेल

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले आईसीसी टी–२० विश्वकपका लागि नेपाली खेलाडी तयारी अवस्थामा रहेको बताएका छन् ।

बुधबार वेस्ट इन्डिज ‘ए’ सँगको तेस्रो खेलपछि पोस्ट म्याच कन्फ्रेन्समा पौडेलले सबै खेलाडीहरूको खेल हेरिसकेको भन्दै विश्वकपका लागि नेपाली खेलाडी तयारी अवस्थामा रहेको बताएका हुन् ।

उनले अहिले खेलिरहेका सबै खेलाडीहरू फिट रहेपछि विश्वकप खेल्ने १५ खेलाडीबारे स्पष्ट भइसकेको बताए । उनले विश्वकप खेल्ने नेपाली टिम मजबुद रहेको पनि जिकिर गरे । पौडेलले दुई खेलपछि आफू आरामका लागि तेस्रो खेल नखेलेको बताए ।

त्यस्तै, नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाईले वेस्ट इन्डिज ‘ए’सँगको जारी सिरिजमा नेपाली टिमलाई निकै अनुभव भएको बताए । उनले नेपाली टिमको तयारीप्रति पूर्णरूपमा सन्तुष्ट रहेको भन्दै दबाबलाई सम्हाल्न सक्ने अवस्थामा टिम रहेको जिकिर गरे ।

प्रकाशित मिति: बुधबार, वैशाख १९, २०८१  १७:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro