site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
खराब नतिजाबाट सबै निराश छन्, अब बिर्सेर अगाडि बढ्छौँ : कप्तान पौडेल
फाइल तस्बिर ।

काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले खराब नतिजालाई बिर्सेर वेस्ट इन्डिज ‘ए’ सँगको टवान्टी–२० शृंखलामा ध्यान केन्द्रित गरेको बताएका छन् ।

नेपालले शनिबारदेखि घरेलु मैदानमा वेस्ट इन्डिजसँग पाँच खेलको शृंखला खेल्दै छ । एसीसी प्रिमियर कपमा खराब प्रदर्शनपछि नेपालले यो शृंखला खेल्न लागेको हो ।

शुक्रबार शृंखलाअघिको पत्रकार सम्मेलनमा कप्तान पौडेलले प्रिमियर कपबाट सबै खेलाडी निराश रहे पनि त्यसलाई भुलेर भविष्यतर्फ केन्द्रित रहेको बताए ।

पौडेलले ओमानमा नेपालका लागि सुखद नरहे पनि यस शृंखलाबाट राम्रो तयारी गर्ने आशा व्यक्त गरेका छन् ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१  १९:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro