site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
मैत्रीपूर्ण खेलमा बंगलादेशको टिम विजयी

काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा बंगलादेशको नारायणगंज क्लब विजयी भएको छ । राष्ट्रिय फोटो पत्रकारिता दिवस २०८१ को अवसरमा राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सहयोग र राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे)नेपालले प्रतियोगिताको आयोजना गरेको हो ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आयोजना भएको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा बंगलादेशले आयोजक नेपालको एनएफपीजेलाई ५–३ गोलले पराजित गरेको हो ।

खेलमा बंगलादेशको तर्फबाट जाकिर होसेन सहिमले तीन र मय्हेदी हसन तोपुले दुई गोल गरे । नेपालबाट सुमन लिम्बूले दुई र दीवाकर शेनले एक गोल फर्काए । 

फोटो पत्रकारिता दिवसको अवसरमा खेलकुदको माध्यमबाट छिमेकी राष्ट्रहरूसँगको आपसी सम्बन्ध बलियो बनाउँदै लैजाने उद्देश्यले मैत्रीपूर्ण फुटबल आयोजना गरिएको जानकारी समूहका अध्यक्ष प्रदीपराज वन्तले जानकारी दिए ।

प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०८१  १९:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro