site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
उपाधि होडमा लिभरपुललाई धक्का 

काठमाडौं । एभर्टनविरुद्ध २–० को हार व्यहोरेपछि प्रिमियर लिग उपाधि होडमा लिभरपुललाई धक्का लागेको छ । गोडिसन पार्कमा एभर्टनलाई जित दिलाउन जराड ब्रेथवेट र काल्भर्ट लेविनले एक/एक गोल गरे ।

ब्रेथवेटले २७औँ मिनेटमा गोल गर्दै घरेलु टिमलाई अग्रतामा राखेका थिए । ५८औँ मिनेटमा लेविनको गोलमा एभर्टनले अग्रता दोब्बर बनाएको थियो ।

जितसँगै ३४ खेलबाट ३३ अंक जोडेको एभर्टन तालिकाको १६औँ स्थानमा छ । समान खेलबाट ७४ अंकको लिभरपुल दोस्रो स्थानमा छ ।

एभर्टनसँगको यो हारले लिभरपुलले शीर्ष स्थानमा उक्लिने अवसर गुमाएको छ । शीर्ष स्थानको आर्सनलको ३४ खेलबाट ७७ अंक छ । यी दुई टिमलाई पछ्याइरहेको म्यानचेस्टर सिटीले ७३ अंक जोडेको छ । सिटीले लिभरपुल र आर्सनलभन्दा दुई खेल कम खेलेको छ ।

प्रिमियर लिगमा बुधबार नै भएको अर्को खेलमा म्यानचेस्टर युनाइटेडले सेफिल्ड युनाइटेडविरुद्ध ४–२ को जित निकाल्यो ।

प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०८१  ०९:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro