site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
पुल्चोकको पोस्टमा मनोहराको चार गोल 

काठमाडौं । मनोहरा युनाइटेड युथ क्लबले सहिद स्मारक ‘सी’ डिभिजन लिगमा पुल्चोक स्पोर्ट्स क्लबविरुद्ध ४–१ को फराकिलो जित निकालेको छ । बुधबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न खेलमा मनोहरालाई सहज जित दिलाउन सञ्जय श्रेष्ठले गोल गर्दा विवस मगर र लीलाबहादुर थापा मगरले एक–एक गोल थपे । 

खेलको २४औँ मिनेटमा सञ्जयले गोल गरेपछि पहिलो हाफमा मनोहराले १–० को अग्रता बनाएको थियो । ५१औँ मिनेटमा विवसले मनोहराको अग्रता दोब्बर बनाए । ७८औँ मिनेटमा लिगाको गोलमा मनोहराले अग्रतालाई ३–० मा पुर्‍याएको थियो । पुल्चोकका सिरबलो तामाङले ८०औँ मिनेटमा एक गोल फर्काएका थिए । तर, खेलको निर्धारित समय सकिन एक मिनेट बाँकी रहँदा सञ्जयले गोल गरेपछि मनोहराले ४–१ को जित सुनिश्चित गरेका हुन् । 

जितसँगै चार खेलबाट नौ अंक जोडेको मनोहरा तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । मनोहरासँगको हारले पुल्चोकले भने तालिकाको शीर्ष स्थानमा उक्लिने अवसर गुमायो । समान खेलबाट नौ अंक जोडेको पुल्चोक तालिकाको दोस्रो स्थानमा छ ।

प्रकाशित मिति: बुधबार, वैशाख १२, २०८१  १९:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro