site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
अग्रता जोगाउन नसक्दा रोकियो गोलबजार 

काठमाडौं । सहिद स्मारक ‘सी’ डिभिजन लिगमा अग्रता जोगाउन नसक्दा सिरहाको गोलबजार स्पोर्ट्स क्लब बाजुराका रानीवन स्पोर्ट्स क्लबसँग १–१ को बराबरीमा रोकिएको छ । बुधबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न खेलमा योञ्जन हमालको गोलमा गोलबजारले अग्रता बनाएको थियो । 

योञ्जनले १६औँ मिनेटमा गोल गर्दै आफ्नो टिमलाई अग्रतामा राखेका थिए । तर, पहिलो हाफका लागि एक मिनेट बाँकी रहँदा हिमाञ्चल सिंहले गोल गर्दै रानीबारीलाई खेलमा फर्काएका थिए । यसपछि दोस्रो हाफमा थप गोल हुन नसक्दा दुवै टिमले एक–एक अंक बाँडेका हुन् । बराबरीमा रोकिँदा गोलबजारले लिगको रेलिगेशन क्षेत्रबाट उक्लिने अवसर समेत गुमाएको छ । 

प्रतियोगितामा चार खेल खेलेको गोलबजारको दुई अंक छ । समान खेल खेलेको रानीवनले तीन अंक जोडेको छ । प्रतियोगितामा दुवै टिमले हालसम्म जित निकाल्न सकेको छैन ।
 

प्रकाशित मिति: बुधबार, वैशाख १२, २०८१  १८:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro