site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
यमलको गोलप्रति बार्सिलोनाले कानुनी उपचार खोज्ने 

काठमाडौं । ‘एल क्लासिको’मा लामिन यमलको गोललाई रेफ्रीले मान्यता नदिएकोप्रति स्पेनिस क्लब बार्सिलोनाले कानुनी उपचार खोज्ने भएको छ ।

बार्सिलोनाका युवा फरवार्ड यमलले बर्नबेउमा सम्पन्न खेलमा बार्सिलोनालाई ३–२ को अग्रतामा राखेका थिए । तर, रियालका गोलकिपर एन्ड्रिय लुनिनले उक्त बललाई गोलभन्दा भित्रबाट ‘क्लियर’ गरेका थिए । 

पाहुना टोलीले बल गोललाइन पार गरेको दाबी गरे पनि रेफ्रीले उक्त गोललाई खारेज गरेका थिए । लिगामा गोललाइन प्रविधि नभएको हुँदा भिडियो असिस्टेन्ट रेफ्री (भार) ले पनि उक्त गोललाई प्रमाणित गर्न सकेको थिएन ।

यमलको यो गोलले मान्यता नपाउँदा बार्सिलोनाले खेल ३–२ ले गुमाएको थियो ।

“प्रमाणहरूको अध्ययन गरिसकेपछि क्लबले त्यहाँ केही गल्ती भएको अनुभव गरेको छ । हामी उक्त घटनालाई फिर्ता गर्न उपलब्ध सबै कार्यहरू गर्नेछौँ । आवश्यक परे कानुनी उपचार पनि खोज्नेछौँ,” बार्सिलोनाका अध्यक्ष योहान लापोर्टाले भने ।

ला लिगाको दोस्रो स्थानमा रहेको बार्सिलोना शीर्ष स्थानको रियालभन्दा ११ अंकले पछि छ । शीर्ष स्थानको रियाल ८१ अंकसहित शीर्ष स्थानमा रहँदा बार्सिलोनाको खातामा ७० अंक छ ।
 

प्रकाशित मिति: बुधबार, वैशाख १२, २०८१  ११:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro