site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
सानेपाको जितमा पेम्बा दोर्जेको दुई गोल

काठमाडौं । सहिद स्मारक ‘सी’ डिभिजन लिगमा सानेपा क्लबले झम्सिखेल युथ क्लबविरुद्ध ४–१ को सहज जित निकालेको छ । 

मंगलबार सातदोबाटोस्थित एन्फा मुख्यालमा भएको खेलमा सानेपालाई जित दिलाउन पेम्बा दोर्जे लामाले दुई र सभ्रान्तसिंह डंगोलले एक गोल गरे । सानेपाले अर्को एक गोल भने झम्सिखेलका खेलाडीबाट आत्मघाति उपहार पाएको थियो । झम्सिखेलका सन्देश श्रेष्ठले एक गोल फर्काएका थिए ।

खेलको २२औँ मिनेटमा पेम्बाले पेनाल्टीमार्फत गोल गर्दै सानेपालाई अग्रतामा राखेका थिए । ५८औँ मिनेटमा पेम्बाले नै पेनाल्टीमार्फत अर्को गोल गर्दै सानेपाको अग्रता दोब्बर बनाएका थिए । त्यसको अर्को मिनेटमा नै झम्सिखेलका सौजन राईबाट आत्मघाती गोल उपहार पाएपछि सानेपाले अग्रतालाई ३–० मा पुर्‍याएको थियो । 

७८औँ मिनेटमा सन्देशले झम्सिखेलबाट सान्त्वना गोल फर्काएका थिए । तर, इन्जुरी समयमा सभ्रान्तले गोल गरेपछि सानेपाले ४–१ को सहज जित पक्का गरेको हो ।
 

प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०८१  १८:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro