site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
हङकङले नेपाललाई हरायो

काठमाडौं । ओमानमा जारी एसीसी मेन्स प्रिमियर कप ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको तेस्रो स्थानका निम्ति शनिबार भएको खेलमा नेपाल पराजित भएको छ । हङकङले नेपाललाई चार विकेटले पराजित गरेको हो । जितसँगै हङकङ इमर्जिङ एसिया कपमा छनोट भएको छ ।

नेपालले दिएको १४० रनको लक्ष्य हङकङले १९.३ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्‍यो । खेलमा नेपालले कमजोर ब्याटिङ प्रदर्शन गर्दा जारी प्रतियोगितामा चौथो स्थानमा चित्त बुझाएको छ ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ४४, सन्दीप जोराले २२ र रोहितकुमार पौडेलले २१ रनबाहेक अरू ब्याटरले उल्लेख्य रन बनाउन सकेनन् । ओपनर कुशल भुर्तेल यो खेलमा पनि शून्य रनमा आउट भए ।

हङकङको जितमा अंशुमन रथले ६५ रन बनाए । बाबर हयातले २६ रनको पारी खेले ।

नेपालका निम्ति सोमपाल कामीले तीन र दीपेन्द्रसिंह ऐरीले दुई विकेट लिए । रासस

प्रकाशित मिति: शनिबार, वैशाख ८, २०८१  २२:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro