site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
ट्राभिस हेडको शतकमा हैदराबादले बेंगलुरुलाई दियो आईपीएलकै ठूलो लक्ष्य 

काठमाडौं । ट्राभिस हेडको विस्फोटक शतकप्रेरित सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आईपीएल) मा रोयल च्यालेन्जर्स बेंगलुरुसामु २८८ रनको कीर्तिमानी लक्ष्य प्रस्तुत गरेको छ ।

सोमबार एम चिन्नास्वामी रंगशालामा टस हारेर ब्याटिङमा आएको हैदराबादले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर २८७ रनको योगफल खडा गरेको हो । यो आईपीएलको इतिहासमै अहिलेसम्मको सबैभन्दा ठूलो योगफल हो । हैदराबादले यसअघि आफैले बनाएको कीर्तिमान तोडेको हो ।

यसअघि हैदराबादले यसै सिजन मुम्बई इन्डियन्सविरुद्ध २७७ रन बनाउदै यो कीर्तिमान कायम गरेको थियो । 

सोमबार हैदराबादबाट हेडले ४१ बलमा नौ चौका र आठ छक्कासहित १०२ रन बनाए । हेनरिक क्लासेनले ३१ बलमा दुई चौका र सात छक्कासहित ६७ रन जोडे । यस्तै, अब्दुल समदले ३७, अभिषेक शर्माले ३४ र आइदेन मार्करमले ३२ थपे ।

बेंगलुरुका लकी फर्गुसनले दुई र रिस टोप्ले एक विकेट लिए ।

प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१  २१:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro