site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
अल नासरलाई हराउँदै अल हिलाल सुपर कपको फाइनलमा, रोनाल्डोलाई रातो कार्ड

काठमाडौं । क्रिस्टियानो रोनाल्डोले रातो कार्ड बेहोरेको खेलमा अल हिलालसँग २–१ हार बेहोर्दै अल नासर साउदी सुपर कपको सेमिफाइनलबाटै बाहिरिएको छ ।

सोमबार राति भएको खेलमा अल हिलाललाई जित दिलाउन सलेम अल्दावसरी र माल्कोमले गोल गरे । अल नासरबाट साडियो मानेले गोल फर्काए पनि टिमको हार टार्न सकेनन् ।

खेलको ६१औँ मिनेटमा अल्दावसरीको गोलमा हिलालले अग्रता बनाएको थियो । त्यसको ११ मिनेटपछि नै माल्कोमले हिलालको अग्रता दोब्बर बनाए । इन्जुरी समयमा मानेले गोल गर्दै अल नासरलाई खेलमा फर्काउने प्रयास गरे पनि सफल बन्न सकेनन् । त्यसअघि खेलको ८६औँ मिनेटमा क्रिस्टियानो रोनाल्डो रातो कार्डको दर्शन गर्दै मैदानबाट बाहिरिएपछि अल नासर १० खेलाडीमा समेटिएको थियो ।

जितसँगै फाइनलमा स्थान बनाएको हिलालले अब उपाधिका लागि अल इत्तिहादसँग खेल्नेछ । यी दुई टिमबीचको खेल अप्रिल ११ मा हुनेछ ।
 

प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  १०:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro