site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
आयरल्यान्ड वुल्भ्सविरुद्ध अर्जुन कुमालको शतक 

काठमाडौं । आयरल्यान्ड वुल्भ्सविरुद्धको अन्तिम एकदिवसीय खेलमा नेपालका ओपनर अर्जुन कुमालले शतक प्रहार गरेका छन् ।

आइतबार आयरल्यान्ड वुल्भ्सले प्रस्तुत गरेको २८५ रनको लक्ष्य पछ्याइरहेको नेपालबाट कुमालले १०० रन पूरा गरेका हुन् । उनले ११४ बलमा १४ चौका प्रहार गरे ।

जारी खेलको ३३.३ ओभर सकिँदा नेपालले पाँच विकेट गुमाएर १९८ रन बनाएको छ । हाल क्रिजमा अर्जुनसँगै रहेका रुपेश कुमारले १० रन बनाएका छन् ।

त्यसअघि, टस जितेर ब्याटिङमा उत्रिएको वुल्भ्सले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर २८४ रन बनाएको थियो ।

प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  १५:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro