site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
खेलकुदमन्त्रीले गरे रौतहट फुटबल एकेडेमीको अवलोकन

काठमाडौं । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले सञ्चालनमा आउन लागेको रौतहटको महिला फुटबल एकेडेमीको अवलोकन गरेका छन् । मन्त्री श्रेष्ठले रौतहटको चन्द्रपुरस्थित शेरबहादुर दर्लामी मैदानसँगै रहेको महिला फुटबल एकेडेमीको शनिबार अवलोकन गरेका हुन् ।

मैदानमा उनलाई अध्यक्ष दर्लामी, प्रदेशसभा सदस्य युवराज भट्टराईलगायत व्यक्तिले स्वागत गरेका थिए । “उहाँले मन्त्रालय सम्हालेदेखि नै यस एकेडेमीबारे चासो राख्नुभएको थियो । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले आज मैदान र एकेडेमीको अवलोकन गर्नुभएको छ,” रौतहट जिल्ला फुटबल संघका अध्यक्ष भगवान दर्लामीले बाह्रखरीसँग भने ।

fmdgm-1712412838.png
एकेडेमीको सम्पूर्ण कार्य सकिए पनि सञ्चालनमा आउन सकेको छैन । निर्माणकार्य ०७६ सालमै सम्पन्न भइसके पनि सर्वोच्च अदालतको अन्तरिम आदेशका कारण एकेडेमी सञ्चालनमा आउन नसकेको हो ।

एकेडेमी वनको जग्गामा बनाएको र मन्त्रिपरिषद्बाट निर्णय पारित हुनुपर्नेमा सामुदायिक वनसँग मात्र सम्झौता गरी कार्य अघि बढाइएको भन्दै एन्फाकै पूर्वअधिवक्ता सुजित केसीले दायर गरेको रिटमा सर्वोच्चले अन्तरिम आदेश जारी गरेको थियो ।

प्रकाशित मिति: शनिबार, चैत २४, २०८०  १९:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro