site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
आयरल्यान्ड वुल्भ्सविरुद्ध फिल्डिङमा नेपाल 

काठमाडौं । आयरल्यान्ड वुल्भ्सविरुद्धको दोस्रो एकदिवसीय खेलमा नेपाल ‘ए’ पहिले बलिङमा आएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेपछि नेपालका कप्तान विनोद भण्डारीले फिल्डिङको निर्णय गर्दै वुल्भ्सलाई ब्याटिङमा निम्त्याएका हुन् ।

यसअघि, घरेलु टिमविरुद्धको पहिलो एकदिवसीय खेलमा वुल्भ्स २१ रनले पराजित भएको थियो । यसैकारण नेपाल आज जितसहित शृंखला बराबरी गर्ने लक्ष्यमा हुनेछ ।

यसपछि शृंखलाको अन्तिम खेल आउँदो आइतबार हुनेछ ।

नेपाल ‘ए’सँगको ट्वान्टी–२० शृंखला आयरल्यान्ड वुल्भ्सले २–१ ले जितेको थियो । नेपाल ‘ए’ सँगको खेलअघि वुल्भ्सले नेपाली राष्ट्रिय क्रिकेट टिमसँग पनि दुई ट्वान्टी–२० क्रिकेट खेलेको थियो । वुल्भ्स दुवै खेलमा पराजित भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, चैत २३, २०८०  ०९:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro