site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
आयरल्यान्ड वुल्भ्सविरुद्ध ब्याटिङमा नेपाल 

काठमाडौं । आयरल्यान्ड वुल्भ्सविरुद्धको अन्तिम ट्वान्टी–२० खेलमा नेपाल ‘ए’ले पहिले ब्याटिङ गर्ने भएको छ । सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर आयरल्यान्ड वुल्भ्सका कप्तान निल रकले फिल्डिङको निर्णय गर्दै नेपाललाई ब्याटिङको निम्तो दिए ।

यसअघिका दुई खेलमा घरेलु टिमलाई हराउँदै वुल्भ्सले शृंखलाको उपाधि जितिसकेको छ । आजको खेलमा पनि जित निकाले वुल्भ्सले नेपाल ‘ए’विरुद्धको ट्वान्टी–२० शृंखलामा ‘क्लिन स्वीप’ गर्नेछ । विनोद भण्डारीको कप्तानीमा रहेको नेपाल ‘ए’ भने जितसहित शृंखलाको सुखद अन्त्य गर्ने लक्ष्यमा छ ।

ट्वान्टी–२० शृंखलापछि यी दुई टिमले तीन खेलको एकदिवसीय शृंखलामा प्रतिस्पर्धा गर्नेछन् । एकदिवसीय शृंखला आउँदो बुधबारदेखि सुरु हुनेछ । एकदिवसीय शृंखलाको दोस्रो खेल शुक्रबार र तेस्रो म्याच आइतबार हुनेछ ।

प्रकाशित मिति: सोमबार, चैत १९, २०८०  १३:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro