site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
हैदराबादविरुद्ध गुजरातको सहज जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा घरेलु टोली गुजरात टाइटन्सले सनराइजर्स हैदराबादविरुद्ध सात विकेटको सहज जित निकालेको छ ।

आइतबार अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय रंगशालामा सम्पन्न खेलमा हैदराबादले प्रस्तुत गरेको १६३ रनको लक्ष्य गुजरातले १९.१ ओभरमा तीन विकेट गुमाएर भेटायो ।

गुजरातको जितमा साइ सुदर्शनले ४५ रन बनाए । डेविड मिलरले अविजित ४४, कप्तान शुभमन गिलले ३६, ऋदिमान शाहले २५ र विजय शंकरले अविजित १४ रन बनाए ।

हैदराबादका शहबाज अहमद, मयंक मार्कन्डेय र कप्तान प्याट कमिन्सले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङमा आएको हैदराबादले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १६२ रनको योगफल तयार पारेको थियो ।

हैदराबादका अब्दुल समाद र अभिषेक शर्माले समान २९ रन बनाए । यस्तै, हेनरिक क्लासेनले २४, सहबाज अहमदले २२, ट्राभिस हेडले १९ र मयंक अग्रवालले १६ रन जोडे ।

गुजरातका मोहित शर्माले तीन विकेट लिए । उमेश यादव, अज्मतुल्लाह ओमजाइ, राशिद खान र नुर अहमदले समान एक विकेट हात पारे ।

जितसँगै तीन खेलबाट चार अंक जोडेको गुजरात तालिकाको चौथो स्थानमा छ । समान खेलबाट दुई अंक जोडेको हैदराबाद तालिकाको पाँचौँ स्थानमा छ ।

प्रकाशित मिति: आइतबार, चैत १८, २०८०  २०:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro