site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
भुटानको आरटीएफसीलाई हराउँदै सांग्रिला सेमिफाइनलमा

विराटनगर । भुटानको रोयल थिम्पु फुटबल क्लब (आरटीएफसी)लाई पराजित गर्दै घरेलु टिम सांग्रिला मोरङ फुटबल क्लब आठौँ संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा शनिबार भएको पहिलो क्वार्टरफाइनल खेलमा आरटीएफसीलाई ३–२ ले हराउँदै सांग्रिला अन्तिम चारमा प्रवेश गरेको हो ।

सांग्रिलाको जितमा आशीष चापागाईं, सुशील राई र विदेशी खेलाडी स्याङले गोल गरे । आरटीएफसीका तर्फबाट सोरब दोर्जेले दुई गोल फर्काए पनि त्यो पर्याप्त भएन ।

खेलको ‘प्लेयर अफ दी म्याच’ सांग्रिलाका महेन्द्र कार्की घोषित भए । उनले नगद ११ हजार रुपैयाँ पाए ।

सांग्रिलाले अब आउँदो सोमबार हुने सशस्त्र प्रहरी बलको एपीएफ क्लब र चर्च ब्वाइज युनाइटेडबीचको खेलको विजेता टिमसँग खेल्नेछ । 

प्रतियोगिताअन्तर्गत आइतबार न्युरोड टिम (एनआरटी) र सिक्किम ड्रेगानबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति: शनिबार, चैत १७, २०८०  २२:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro