site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
‘विश्वकपमा छनोट हुनु सबैभन्दा गर्विलो क्षण’
फाइल तस्बिर ।

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी देसाईले ट्वान्टी–२० विश्वकपमा छनोट हुनु सबैभन्दा गर्विलो क्षण भएको बताएका छन् । भारतका दुई राज्य टिमसँगको फ्रेन्डसिप कप खेल्न जाने टोलीको बिदाइ कार्यक्रममा बिहीबार उनले यसै वर्ष वेस्ट इन्डिज र अमेरिकामा हुने ट्वान्टी–२० विश्वकपमा छनोट हुनु सबैभन्दा गर्विलो क्षण भएको बताएका हुन् ।

“विश्वकपमा छनोट हुनु हाम्रो लागि सबैभन्दा गर्विलो क्षणमध्येको एक थियो । र, अबको यात्रा भनेको केही कुरालाई पुनः दोहोर्‍याउनु हो । हामी अझ ठूलो कथा बनाउन चाहन्छौँ,” प्रशिक्षक देसाईले भने, “गुजरात जान लाग्दा हामी उत्साहित छौँ । सायद नेपालको राष्ट्रिय टिमले भारतको राज्यका टिमसँग खेल्न लागेको यो पहिलोपटक हुनुपर्छ । यसैकारण हामीलाई यो ठूलो कोसेढुंगा हो भन्ने थाहा छ ।”

भारतमा नेपालले गुजरात र बरोडासँग त्रिकोणात्मक ट्वान्टी–२० शृंखला खेल्नेछ । तालिकाअनुसार नेपालले बरोडा र गुजरातका टिमसँग मार्च ३१ देखि अप्रिल ७ सम्म शृंखला खेल्नेछ । नेपालले मार्च ३१ मा गुजरातसँग खेल्दै शृंखलाको सुरुआत गर्नेछ ।

नेपालले अप्रिल २ मा बरोडासँग, अप्रिल ३ मा गुजरातसँग र अप्रिल ५ मा पुनः बरोडासँग खेल्नेछ ।

शृंखलाका शीर्ष दुई टिम उपाधिका निम्ति अप्रिल ७ मा भिड्नेछन् । शृंखलाका सबै खेल भारतका वापीमा हुनेछ । भारत भ्रमणअघि नेपालले घरेलु मैदानमा आयरल्यान्ड वुल्भ्सँग दुई ट्वान्टी–२० क्रिकेट खेलेको थियो ।

प्रकाशित मिति: बिहीबार, चैत १५, २०८०  १४:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro