site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
आयरल्यान्ड वुल्भ्सविरुद्ध कप्तान रोहित ३३ रन बनाएर आउट 

काठमाडौं । घरेलु मैदानमा जारी ट्वान्टी–२० क्रिकेट शृंखलाको दोस्रो खेलमा आयरल्यान्ड वुल्भ्सविरुद्ध नेपालले कप्तान रोहितकुमार पौडेललाई पाँचौँ विकेटको रूपमा गुमाएको छ । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर ब्याटिङमा आएको नेपालले रोहितलाई १५.६ ओभरमा गुमाएको हो । रोहितले नेपाली टिमको खातामा २४ बल खेल्दा पाँच चौकासहित ३३ रन थपे । जारी खेलको १६ ओभर समाप्त हुँदा नेपालले पाँच विकेट गुमाएर १५७ रन बनाएको छ । शृंखलाको यो दोस्रो खेल हो ।

यसअघि पहिलो खेलमा नेपालले आयरल्यान्ड वुल्भ्सलाई ६ विकेटले हराएको थियो । नेपाल ‘ए’ ले आयरल्यान्ड वुल्भ्ससँग पाँच ट्वान्टी–२० र तीन एकदिवसीय खेलको शृंखला खेल्ने तालिका छ । जसअन्तर्गत सुरुका दुई ट्वान्टी–२० खेल रोहितकुमार पौडेलको नेपाली सिनियर टिमले खेल्दा बाँकी खेल भने विनोद भण्डारीको कप्तानीमा रहेको नेपाल ‘ए’ ले खेल्नेछ ।
 

प्रकाशित मिति: मंगलबार, चैत १३, २०८०  १४:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro