site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
आयरल्यान्ड वुल्भ्सविरुद्ध अर्धशतक बनाउन चार रनले चुके गुल्सन

काठमाडौं । घरेलु मैदानमा जारी ट्वान्टी–२० क्रिकेट शृंखलाको दोस्रो खेलमा आयरल्यान्ड वुल्भ्सविरुद्ध नेपालका गुल्सन झा अर्धशतक बनाउनबाट चार रनले चुकेका छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर ब्याटिङमा उत्रिएको नेपालका गुल्सन चौथो विकेटका रूपमा आउट भएका हुन् ।

१३.५ ओभरमा आउट हुनुअघि गुल्सनले नेपाली टिमको खातामा ४६ रन जोडे । उनले ३२ बलमा एक चौका र चार छक्का प्रहार गरे ।

जारी खेलको १४ ओभर सकिँदा नेपालले चार विकेट गुमाएर १२९ रन बनाएको छ । शृंखलाको यो दोस्रो खेल हो । पहिलो खेलमा नेपालले आयरल्यान्ड वुल्भ्सलाई ६ विकेटले हराएको थियो ।

नेपाल ‘ए’ले आयरल्यान्ड वुल्भ्ससँग पाँच ट्वान्टी–२० र तीन एकदिवसीय खेलको शृंखला खेल्ने तालिका छ । सुरुका दुई ट्वान्टी–२० रोहितकुमार पौडेलको नेपाली सिनियर टिमले खेल्नेछ । बाँकी खेल विनोद भण्डारीको कप्तानीमा रहेको नेपाल ‘ए’ले खेल्नेछ ।

प्रकाशित मिति: मंगलबार, चैत १३, २०८०  १४:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro