site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
आयरल्यान्ड वुल्भ्सविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने 

काठमाडौं । नेपालले ट्वान्टी–२० शृंखलाको दोस्रो खेलमा आयरल्यान्ड वुल्भ्सविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलका लागि भएको टस जितेर नेपालका कप्तान रोहितकुमार पौडेलले ब्याटिङको निर्णय लिँदै पाहुना टिमलाई फिल्डिङमा निम्त्याएका हुन् । यसअघि पहिलो खेलमा नेपाल ६ विकेटले विजयी भएको थियो ।

नेपाल ‘ए’ ले आयरल्यान्ड वुल्भ्ससँग पाँच ट्वान्टी–२० र तीन एकदिवसीय खेलको शृंखला खेल्ने तालिका छ । जसअन्तर्गत सुरुका दुई ट्वान्टी–२० खेल रोहितकुमार पौडेलको नेपाली सिनियर टिमले खेल्दा बाँकी खेल भने विनोद भण्डारीको कप्तानीमा रहेको नेपाल ‘ए’ ले खेल्नेछ ।

आयरल्यान्ड ‘ए’ नेपाली ‘ए’ क्रिकेट टिमको दोस्रो प्रतिद्वन्द्वी हो । नेपाल ‘ए’ले यसअघि क्यानडा–११ सँग पहिलोपटक क्रिकेट शृंखला खेलेको थियो ।
 

प्रकाशित मिति: मंगलबार, चैत १३, २०८०  १२:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro