site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
महिला फुटबल टोलीलाई १० लाख हस्तान्तरण

काठमाडौं । साउदी अरेबियामा भएको वाफ च्याम्पियनसिपको उपविजेता नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई यमबहादुर गुरुङ (यम तमु)ले उपलब्ध गराएको १० लाख रुपैयाँ बुधबार एक कार्यक्रमबीच हस्तान्तरण गरिएको छ । २३ सदस्यीय खेलाडी टोलीका हरेक सदस्यलाई जनही ४३ हजार ४७८ रुपैयाँ प्रदान गरिएको हो ।

डेढ दशकदेखि साउदी अरबमा बस्दै आएका बुटवल उपमहानगरपालिका–११ का गुरुङले खेलाडीको उच्च प्रदर्शनको कदर गर्दै प्रोत्साहनस्वरूप १० लाख रुपैयाँ प्रदान गरेका हुन् । 

एन्फा महिला फुटबल संघका पदाधिकारीलगायतको उपस्थितिमा भएको कार्यक्रममा खेलाडीलाई रकम हस्तान्तरण गरिएको हो ।

सोही कार्यक्रममा गुरुङले नै प्रशिक्षक, व्यवस्थापक, अफिसियलसहित आठ जनालाई जनही २० हजारका दरले उपलब्ध गराएको रकम पनि सम्बन्धितलाई हस्तान्तरण गरिएको थियो ।

वाफ च्याम्पियनसिपको फाइनलमा नेपाल जोर्डनसँग पेनाल्टी सुटआउटमा ५–३ गोलले पराजित भएको थियो ।
 

प्रकाशित मिति: बुधबार, चैत ७, २०८०  २२:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro