site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
दुई शृंखलाका लागि नेपाली क्रिकेट टिमको घोषणा 
फाइल तस्बिर ।

काठमाडौं । आयरल्यान्ड वुल्भ्स (ए) विरुद्धको सुरुआती दुई ट्वान्टी–२० खेल र भारतमा हुने मैत्रीपूर्ण क्रिकेट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमको घोषणा भएको छ । 

नेपाल क्रिकेट संघ (क्यान)ले बुधबार रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्यीय नेपाली टिमको घोषणा गरेको हो । नेपालले घरेलु मैदानमा आयरल्यान्ड ‘ए’ सँग पाँच खेलको ट्वान्टी–२० र तीन खेलको एकदिवसीय शृंखला खेल्ने तालिका छ ।

यसमध्ये बुधबार घोषणा भएको टिमले ट्वान्टी–२० शृंखलाको सुरुआती दुई खेल खेलेपछि गुजरात र बरोडासँगको एसएमएस मैत्रीपूर्ण कपका लागि भारत प्रस्थान गर्नेछ । नेपालले आयरल्यान्डसँगको ट्वान्टी–२० शृंखलाको पहिलो खेल मार्च २४ र दोस्रो खेल मार्च २५ मा खेल्नेछ । 

नेपालले बरोडा र गुजरातका टिमसँग मार्च ३१ देखि अप्रिल ७ सम्म शृंखला खेल्ने छ । नेपालले मार्च ३१ मा गुजरातसँग खेल्दै शृंखलाको सुरुआत गर्नेछ । यसपछि नेपालले अप्रिल २ मा बरोडासँग, अप्रिल ३ मा गुजरातसँग र अप्रिल ५ मा पुनः बरोडासँग खेल्ने छ । शृंखलाको शीर्ष दुई टिम उपाधिका लागि अप्रिल ७ मा भिड्नेछन् । शृंखलाका सबै खेलहरू भारतको वापीमा हुनेछन् । 

नेपाली टिम :

रोहितकुमार पौडेल (कप्तान), आसिफ सेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल साह, गुल्सनकुमार झा, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जीसी, अभिनाश बोहरा, आकाश चन्द

Cricket_-1710914358.png
 

प्रकाशित मिति: बुधबार, चैत ७, २०८०  ११:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro