site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
एमबाप्पेको ह्याट्रिकमा पीएसजीको फराकिलो जित

काठमाडौं । किलियन एमबाप्पेको ह्याट्रिकप्रेरित लिग लिडर पेरिस सेन्ट जर्मन (पीएसजी)ले फ्रेन्च लिग वानमा मोन्टपेलिएरविरुद्ध ६–२ को फराकिलो जित निकालेको छ ।

आइतबार राति स्टेड डे ला मोसनमा पीएसजीलाई जित दिलाउन एमबाप्पेले ह्याट्रिक गर्दा भिटिन्हा, लि काङ इन र नुनो मेन्डिसले समान एक गोल थपे । मोन्टपेलिएरका अमाउद नोर्दिनर तेजा सभानिएरले एक/एक गोल फर्काए ।

१४औँ मिनेटमा भिटिन्हाको गोलमा पीएसजीले अग्रता बनाएको थियो । २२औँ मिनेटमा एमबाप्पेले पीएसजीको अग्रता दोब्बर बनाए । ३०औँ मिनेटमा मोन्टपेलिएरका नोर्दिनले एक गोल फर्काएका थिए । पहिलो हाफको इन्ज्युरी समयमा साभानियरले अर्को गोल गरेपछि मोन्टपेलिएर खेलमा फर्किएको थियो ।

५०औँ मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीलाई पुनः ३–२ को अग्रतामा राखे । त्यसको तीन मिनेटपछि नै काङ इनले गोल गर्दै पाहुना टिमको अग्रतालाई ४–२ मा पुर्‍याए । ६३औँ मिनेटमा एमबाप्पेले ह्याट्रिक गर्दा पीएसजीले घरेलु टिमको पोस्टमा पाँच गोल गर्‍यो । खेलको निर्धारित समय सकिन एक मिनेट बाँकी रहँदा मेन्डिसले गोल गरेपछि पीएसजीले ६–२ को जित निश्चित गरेको हो ।

जितसँगै लिग लिडर पीएसजीले शीर्ष स्थानमा १२ अंकको स्पष्ट अग्रता बनाएको छ । पीएसजीले २६ खेलबाट ५९ अंक जोडेको छ । पीएसजीलाई पछ्याइरहेको ब्रेस्ट २६ खेलबाट ४७ अंकसहित तालिकाको दोस्रो स्थानमा छ । समान खेलबाट २६ अंक जोडेको मोन्टपेलिएर १४औँ स्थानमा छ ।

प्रकाशित मिति: सोमबार, चैत ५, २०८०  ०९:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro