site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
एएफसी च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाट बाहिरियो रोनाल्डोको टिम

काठमाडौं । पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोको टोली अल नासर एएफसी च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिएको छ ।

रोनाल्डोको कप्तानीमा रहेको अल नासर सोमबार राति भएको खेलमा अल युनाइटेड अरब इमिरेट्स (यूएई)को क्लब अल एन एफसीसँग पेनाल्टी सुटआउटमा १–३ ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो ।

अल–अवाल रंगशालामा भएको दोस्रो खेल अल नासरले ४–३ ले जितेको थियो । तर, पहिलो लेगमा अल एनले अल नासरविरुद्ध १–० को जित निकालेका कारण समग्रमा स्कोर ४–४ को बराबरी भएपछि नतिजाको निर्णय पेनाल्टी सुटआउटबाट भएको हो । जसमा अल एनका तीनमध्ये तीन प्रहार गोल हुँदा अल नासरबाट रोनाल्डो मात्र गोल गर्न सफल भए ।

पेनाल्टी सुटआउटमा अल एनका साुउफिने रहिमी, एलेजान्ड्रो रोमेरो र सुल्ता अल–साम्सीले गोल गरे ।

अल नासरबाट प्रहारका निम्ति आएका मार्सेलो ब्राजोभिच, एलेक्स टेलेस र ओटाभियो गोल गर्न असफल भए ।

प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८०  ०९:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro