site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
हङकङविरुद्ध पहिलो बलमै नेपालले लियो विकेट 
फाइल तस्बिर ।

काठमाडौं । त्रिदेशीय ट्वान्टी–२० शृंखलाको पहिलो खेलमा हङकङविरुद्ध फिल्डिङ गरिरहेको नेपालले पहिलो ओभरमा विकेट लिएको छ ।

हङकङस्थित मिसन रोड मैदानमा जारी खेलमा टस जितेर फिल्डिङमा आएको नेपालले इनिङको पहिलो बलमै मार्टिन कोएट्जीको विकेट लिएको हो । कोएट्जीलाई करण केसीले गुल्सनकुमार झाबाट क्याच गराए ।

जारी खेलको दुई ओभर समाप्त हुँदा हङकङले एक विकेट गुमाएर १२ रन बनाएको छ । 

आजदेखि सुरु भएको प्रतियोगितामा नेपालसँग हङकङ र पपुवा न्युगिनी (पीएनजी) सहभागी छन् ।

प्रकाशित मिति: आइतबार, फागुन २७, २०८०  ११:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro