site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
रियाल मड्रिड र सिटी अन्तिम–८ मा

काठमाडौं । आरबी लाइपजिगविरुद्ध समग्रमा २–१ को जित निकाल्दै रियाल मड्रिड यूईएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति घरेलु मैदान सान्टियागो बर्नबेउमा सम्पन्न दोस्रो लेगमा रियाल र लाइपजिगले १–१ को बराबरी खेले । तर, पहिलो लेगमा १–० को जित निकालेका कारण रियालले अन्तिम–८ को यात्रा तय गरेको हो ।

दोस्रो लेगको ६५औँ मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै रियाललाई १–० को अग्रता दिलाएका थिए । ६८औँ मिनेटमा ओर्बानले गोल गर्दै लाइपजिगलाई खेलमा फर्काएका थिए ।

सिटी क्वार्टरफाइनलमा
बुधबार राति नै भएको अर्को खेलमा साविक विजेता म्यानचेस्टर सिटीले एफसी कोपनहेगेनविरुद्ध समग्रमा ६–२ को जित निकाल्दै क्वार्टरफाइनलमा स्थान निश्चित गर्‍यो ।

घरेलु मैदान इत्तिहाद रंगशालामा सम्पन्न दोस्रो लेगमा सिटीले ३–१ को जित निकालेको हो । पहिलो लेगमा पनि सिटीले कोपनहेगेनविरुद्ध ३–१ को नै जित निकालेको थियो ।

सिटीको जितमा म्यानुयल अकान्जी, हुलियन आल्भारेज र एर्लिङ हाल्यान्डले एक/एक गोल गरे । कोपनहेगेनका मोहमेद एलयुनोउसीले एक गोल फर्काएका थिए ।

प्रकाशित मिति: बिहीबार, फागुन २४, २०८०  ०९:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro